
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले नर्वेलाई ४-१ गोल अन्तर्गत पराजित गरेको छ।
यो जितसँगै फ्रान्स लगातार तेस्रो खेल जितेर समूह ‘आई’ को विजेता बनेको छ।

खेलमा फ्रान्सका लागि डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरे। त्यसका लागि फ्रान्सेली कप्तान एम्बाप्पेले डेम्बेलेलाई पहिलो दुई गोल पास दिएका थिए।
बोस्टन रंगशालामा भएको खेलको सातौँ मिनेटमै डेम्बेलेले पहिलो गोल गर्दै खाता खोलेका थिए।


२० औँ मिनेटमा उनैले फ्रान्सको लागि दोस्रो गोल गरे।
तर खेलको २१ मिनेटमै नर्वेबाट थेलो आसगर्डले १ गोल गोल फर्काए। डेम्बेलेले ३२ औँ मिनेटमा गोल गर्दै खेललाई ३ -१ को अवस्थामा ल्याउँदै आफ्नो ह्याट्रिक पनि पूरा गरे।

इन्जुरी समयमा फ्रान्सका डेसाइर डोउले चौथो गोल गरे।




