बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

हैदाराबाद, १५ असार । भारतको सुप्रसिद्द फिल्म ‘बाहुबली’ को निर्माणमा आधारित डकुमेन्ट्री शृंखला ‘बाहुबलीः द टर्चबियरर’ जुन २६ मा नेटफ्लिक्समा प्रिमियर भएको थियो।

यस चार भागको शृङ्खलाको अन्तिम एपिसोडमा प्रभास, अनुष्का शेट्टी र राणा दग्गुबातीबीचको कुराकानी देखाइएको छ, जसमा राणा दग्गुबातीले ‘बाहुबली’ को अर्को किस्ताबारे उल्लेख गरेका छन्। उनले भने, ‘मलाई थाहा छैन मैले यो सार्वजनिक रूपमा भन्नु मिल्छ कि मिल्दैन तर तर राजामौली र शोबु गारु (निर्माता शोबु यारलागड्डा) यहाँ नभएकाले म मेरो मनको कुरा भन्छु। सायद संसार यसका लागि अझै तयार नभएको हुन सक्छ तर ुबाहुबलीु गाथा अझै सकिएको छैन।’ त्यसपछि स्क्रिनमा ‘र यो विरासत जारी रहन्छ… भन्ने शब्दहरू देखा पर्छन्।

 

तर, कलाकार राणाले ‘बाहुबली ३’ को संकेत भने सो एपिसोडवाट गरिसकेका छन तर निर्माताहरूको मनमा अर्कै कुनै योजना छ, त्यो भने अझै स्पष्ट छैन्।बाहुवलीका निर्देशक एसएस राजमौली भने यतिखेर भने ‘वाराणसी’को सुटिङमा ब्यस्त रहेका छन । देशी गर्ल प्रियंका चोपडा र महेश बाबुसँग मिलेर नयाँ फिल्लमा काम गरिरहेका छन् । उनले पनि बाहुवलीः३ बन्ने बारेमा एस वा नो केही भनेका छैनन, बस कन्फ्युजमा राखिरहेका छन् ।

बाहुवलीको एनिमेसन फिल्म दुई भागमा आउने

यसैबिच, ‘बाहुबली’ शृङ्खलाको अर्को कडीका रूपमा ‘बाहुबलीः द इटरनल वार’ नामक एनिमेसन चलचित्र पनि आउँदैछ। यसले मृत्यु पछिको लोकमा अमरेंद्र बाहुबलीको जीवनको कथा प्रस्तुत गर्नेछ र यो दुई भागमा प्रदर्शन गरिने छ। भेराइटीको रिपोर्ट अनुसार लोकप्रिय जापानी शृङ्खला ‘इभान्जेलियन’को निर्माणमा संलग्न एनिमेसन स्टुडियो ‘खारा’ पनि राजामौलीको यस परियोजनासँग जोडिएको छ। खाराको टोलीले चलचित्रको पहिलो भागका लागि एउटा मुख्य एनिमेसन दृश्य तयार पार्दैछ। ईशान शुक्लाद्वारा निर्देशित यो चलचित्र यसै वर्ष प्रदर्शन हुने बताइएको छ।