
काठमाडौँ । राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख नेपाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
सोमबार भएको अक्सनमा लुम्बिनीले सेखलाई लक्की ड्र मा २० लाखमा किनेको हो ।


आसिफलाई जनकपुर बोल्ट्सले रिलिज गरेपछि अक्सनमा आएका थिए । असिफका लागि चितवन राइनोज बाहेक अन्य सात टिमले बोली लगाएका थिए ।

आसिफका लागि सात टिमले २० लाखमा किन्न तयार भएपछि लक्की ड्रबाट लुम्बिनीले पाएको हो ।




