आजको मौसमः देशै भरी बादल लागेकाले मध्यम बर्षा भने हुने

काठमाडौं, २३ असार । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल, साथै गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागमा पनि साधारणतया बादल लागेको छ। गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ।

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केहि स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही तथा सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका साथै कोशी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन  अनुरोध गरेको छ ।