सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २४ सयले घटेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६० रुपैयाँले घटेर तोलाको ४३४० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५०० मा कारोबार भएको थियो ।