यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

काठमाडौं, ३० असार । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँच निर्णय गरेको छ ।

आज अपरान्ह ४ः०० बजे पछि बसेको बैठकले नेपाल बायुसेवा निगमको अध्यक्ष देखी अन्य बिषयहरू निर्णय लिइएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सतिश पोखरेलले जानकारी दिए ।

उनका अनुसार आजको मन्त्रीपरिषद बैठकले गरेका ५ निर्णयहरू यस्ता रहेका छन्ः

– बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने ।

– सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

– अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने ।

– नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने ।

– अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।