शरणार्थी पक्ररणः पुर्व सचिव पाण्डेले ४ बर्ष जेल सजायँ भोग्नु पर्ने

काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष जेल सजायँ तोकिएको छ।स

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाए अनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय भोग्नु पर्ने भएको छ।

पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको हो ।

एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको फैसालामा उल्लेख गरिएको छ ।

 

उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।