
काठमाडौं, ३० असार । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद तोकिएको छ।
मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायधिस तेजबहादुर खड्काको इजालसले रिजाललाई २ बर्ष कैदसहित २० हजार जरिवाना तोकेको हो ।


जसअनुसार सरकारी लिखत कीर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ, ठगी मुद्दामा एक वर्ष कैद र १० हजार, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको हो ।
जसअनुसार एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना गरिएको फैसालामा उल्लेख छ ।





