
काठमाडौँ । ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिता पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको चौधौं संस्करण आजदेखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्टस् एकेडेमीमा हुँदैछ ।
नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजन तथा सहआयोजक यल स्र्पोटस् एकेडेमीको संयुक्त आयोजनामा हुने पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी लिनिङ्ग रहेको छ ।


श्रावण ३० गते सम्म आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शिर्ष ८ बरियताका महिला÷पुरुष एकल, शिर्ष ८ बरियता बाहेकका महिला÷पुरुष एकल, महिला÷पुरुष युगल खुला, यु–११, यु–१५ र यु–१९ छात्र तथा छात्रा खुला एकल, ३५ बर्ष माथिको खुला युगल, ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल गरि १५ बिधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल तर्फ बिदेशी खेलाडीहरुले पनि सहभागिता जनाउने र त्यसका लागि बिदेशी खेलाडीहरुलाई आमन्त्रण गरि सकिएको महासचिव शाक्यले बताए ।

नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ६० जिल्ला, तीन विभागिय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी बलका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् । विगतको सहभागितालाई हेर्दा करिव ४०० खेलाडीहरुले सकभागिता जनाउने आंकलन गरिएकोमा खेलाडी संख्यमा अध्याधिक बृद्धि भएकोले प्रतियोगितालाई ६ दिनबाट लम्ब्याएर ७ दिन गर्नु पर्ने अवस्था सृजना भएको महासचिव सुनिल मान शाक्यले बताए ।
ब्याडमिन्टनको एक मर्यादित र प्रतिक्षारत प्रतियोगिताको रुपमा रहेको प्रतियोगितालाई भब्य बनाउन बिश्व ब्याडमिन्टन परिषद् सदस्य, ब्याडमिन्टन एशिया बिकास समितिका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष श्री वाजिद अली चौधरीको पनि उपस्थित रहने महासचिव शाक्यले जानकारी गराए ।

करिव ४१ लख ५ हजार २ सयको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाईकल÷स्कुटर प्राप्त गर्नेछन् । यस अघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाईकल प्राप्त गरेका थिए ।


प्रतियोगितामा शिर्ष ८ बरियता महिला तथा पुरुष र शिर्ष १ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । शिर्ष ८ का खेलाडीहरुलाई दुई ग्रुपमा बिभाजन गरिने छ । ग्रुप बाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरु सेमिफाईनलमा प्रवेश गर्ने छन् । लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् भने प्रत्येक बिजय बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगितामा बिजयी खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छने भने उपबिजयीले नगद ३५ हजार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले करिव १५ हजार प्राप्त गर्नेछन् ।
शिर्ष ८ बाहेकका पुरुष÷महिला एकलमा बिजयी खेलाडीले नगद ३० हजार, उपबिजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यु–११ तर्फका बिजयी खेलाडीहरुले क्रमशः नगद १५ हजार, ८ हजार र ४ हजार, यु–१५ तर्फका बिजयीले नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१९ का बिजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ३५ बर्ष माथिको युगल, ४५ र ५५ बर्ष माथि मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४० हजर, २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।




