सिकन्दर राजा चितवनबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजले जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजालाई भित्र्याएको छ ।

चितवन राइनोजले आगामी सिजनका लागि राजालाई अनुबन्ध गरेको घोषणा गरेको हो ।

४० बर्षिय राजा जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने विश्वका दुई दर्जन भन्दा बढी टी-२० लिगबाट फ्रेन्चाइज लिह खेलिसकेका छन् । उनी आइपिएलमा पनि पञ्जाव किंग्सबाट २०२३ र २०२४ मा खेलेका थिए ।

मार्की खेलाडी कुशल मल्ल रहेको चितवनमा दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउद रिटेन भएका छन् भने अक्सनबाट आशिक धामी, विपिन रावल, मौसम ढकाल, गौतम केसी, विवेक कुमार यादव र सलाउद्दीन खानलाई लिएको छ ।