
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । गए राति निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो ।
सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् । किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिएका छन् ।


त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्बिरोध निर्वाचित भएकी छन् ।

नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुदैछ । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।




