
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने भएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। विभागले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनामार्फत संशोधित व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारी साधनको पहिलोपटक नामसारी गर्दा डिलरले गरेको जाँचलाई मान्यता दिइनेछ। यसका लागि सवारी साधन पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारी गर्न सकिनेछ। त्यसका लागि वारेसनामा पाएको व्यक्तिले नेपालको सरकारले जारी गरेको सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ । संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई पनि सहज बनाएको छ। अब बीमा गर्न वा नवीकरण गर्न सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन । त्यसैगरी, सवारी साधनको नामसारी गर्दा आवश्यक जैविक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ। विभागले सवारी दर्ता तथा नामसारीसम्बन्धी सूचना जारी गरेपछि सम्बन्धित विक्रेता, वितरक वा कम्पनीले जैविक विवरण लिन सकिने व्यवस्था मिलाउनुपर्नेछ । संशोधित व्यवस्थाले सवारी दर्ता तथा नामसारीका लागि कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।


२- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।विभागले सार्वजनिक सूचना जारी गर्दै वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेलमा विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा तथा दीप प्रज्वलनका लागि उत्पादन गरिएका पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने भएकाले उपभोक्ता झुक्किन सक्ने जनाएको छ ।विभागका अनुसार यस्ता प्रयोजनका लागि उत्पादन गरिने पदार्थको प्याकेटमा ‘खानाको लागि होइन’ भन्ने उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट देखिने गरी राख्नुपर्नेछ। साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।विभागले खाद्य र अखाद्य पदार्थ मिसावट गर्ने, गलत लेबल लगाउने वा गैरखाद्य पदार्थलाई खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गराउने कार्य गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

३- भारतको केन्द्र सरकारले राजधानी नयाँदिल्लीस्थित जन्तरमन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाएको छ । सरकारले ३३ वर्षअघि जन्तरमन्तरलाई विरोध प्रदर्शन गर्ने स्थानका रूपमा तोकेको थियो । अब प्रदर्शन तथा धर्नाका लागि रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानलाई निर्धारित स्थल तोकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । गृह मन्त्रालयले विरोध प्रदर्शन तथा धर्नाका लागि वैकल्पिक स्थान पहिचान गर्न गठन गरेको समितिको सिफारिसका आधारमा यी तीन स्थान तोकिएको बताइएको छ । यद्यपि, ती स्थानमा प्रदर्शन आयोजना गर्ने प्रक्रिया र नियमसम्बन्धी संशोधित मानक सञ्चालन कार्यविधि छुट्टै जारी गरिने जनाइएको छ । हालको आदेशमा विस्तृत नियम समावेश गरिएको छैन । जन्तरमन्तरमा प्रदर्शन गर्न रोक लगाइएपछि कक्रोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्नुपर्ने मागसहित सोमबार प्रदर्शनको अनुमति मागेको थियो । तर प्रहरीले अनुमति दिन अस्वीकार गरेको थियो । यसअघि उक्त पार्टीले राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै जुन २० देखि जुलाई २५ सम्म जन्तरमन्तरमा प्रदर्शन गरेको थियो । ३६ दिनसम्म चलेको प्रदर्शनमा अभियन्ता सोनम वाङचुक पनि अनशनमा बसेका थिए । धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जुलाई २५ मा प्रदर्शन अन्त्य गरिएको थियो । जन्तरमन्तरलाई प्रदर्शन स्थलको सूचीबाट हटाउनुको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । तर, संसद् भवनबाट करिब डेढ किलोमिटर मात्रै टाढा रहेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हुन सक्ने अनुमान गरिएको छ । जुन–जुलाईमा भएको प्रदर्शनका क्रममा सहभागीहरू संसद् भवननजिक पुगेपछि उनीहरूलाई रोक्न प्रवेशद्वार बन्द गर्नुपरेको विवरण पनि सार्वजनिक भएको थियो । जन्तरमन्तरमा पुनः प्रदर्शन गर्न विपक्षी दलहरूले पनि तयारी गरिरहेको बताइएको छ । राहुल गान्धीसहित विपक्षी नेताहरूले त्यहाँ धर्ना दिने तयारी गरेको विवरणमा उल्लेख छ । रामलीला मैदान संसद् भवनबाट करिब तीनदेखि चार किलोमिटर टाढा छ भने बुराडी र सीबीडी मैदान राजधानीका अन्य क्षेत्रमा पर्छन् । यसअघि अक्टोबर ९ मा भारतको सर्वोच्च अदालतले पनि जन्तरमन्तरको विकल्पमा ठूलो क्षेत्रफल भएका प्रदर्शन स्थल खोज्नुपर्ने धारणा राखेको थियो । अदालतले पानी, शौचालय र स्वास्थ्य उपचारजस्ता आधारभूत सुविधा उपलब्ध हुने स्थानको आवश्यकता औँल्याएको थियो ।


४- सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको बजेटमा धान खरिद गर्ने योजना बनाएको हो । मन्त्रालयले वैज्ञानिक विधिबाट निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने तयारी गरेको जनाएको छ। धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत पर्ने भएकाले कृषि मन्त्री गीता चौधरीले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन् । आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैँ र तिहारको बीचमा धान खरिद प्रक्रिया सुरु गर्ने योजना बनाएको छ। सरकारले तोकेको मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता घट्ने अपेक्षा गरिएको छ । सरकारको यो योजनाले किसानलाई उत्पादन बिक्री गर्न सहज बनाउने तथा धानको बजार व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
५- नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । पौडेलको आजै हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ । राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए । त्यसपछि नेपालले प्रचण्डसँग एकता गरेपछि नेकपा संयुक्तमा आवद्ध भएका थिए । पौडेल जनता टेलिभिजनका अध्यक्ष समेत रहेका थिए । नेता पौडेले नेकपा एमालेका तत्कालीन नेता स्वर्गीय मोदनाथ प्रश्रितका छोरा हुन् ।


६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुविरुद्धको घेराबन्दी जारी रहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुहरुविरुद्धको घेराबन्दी अहिले पनि नरोकिएको बताउदै पार्टी एक भएर यसको सामना गर्नुपर्ने बताएका थिए । ओलीले सम्बोधनमा समाजवादको आन्दोलनलाई सिध्याउँछु भन्नेहरू मुर्ख भएको टिप्पणी गर्दै देश र जनताका लागि मात्र नभएर समाजमा न्याय, शान्ति र लोकतन्त्रका लागि समाजवाद आन्दोलन आवश्यक रहेको बताए । उनले आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन नभएको बताउदै संगठित शक्तिले प्रतिवादका माध्यमबाट गर्ने आन्दोलन आफुहरुले गर्ने भनेको स्पष्ट गरेका थिए । ओलीले अहिले लोकतन्त्रलाई नै खतरा पुर्याउने काम भइरहेको आरोप लगाउदै त्यसको बचाउका लागि आफूहरूले आन्दोलनसम्म गर्न सक्ने धारणा राखे । उनले भने- ‘हामीमाथि अहिले पनि घेराबन्दी चलिरहेको छ। ७७, ७८ र ८० सालमा हामीमाथि कम्तीको घेराबन्दी थिएन । हाम्रा नेताहरूलाई त्यसबेला तितरबितर पारियो। हामीले पार्टीलाई फेरि पुनर्गठन गर्यौं । अहिले त्यस्तै हाम्राविरुद्ध मोर्चाबन्दी भइरहेको छ ।’
७- गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन् । गृहमन्त्री गुरुङलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए । गुरुङ मंगलबार हुने बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । ‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने नारासहित आयोजना हुने बैठकमा उनी सहभागी हुने कार्यक्रम छ । गृहमन्त्री गुरुङ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
८- नेपाली सेनालाई ग्यास उद्योग सञ्चालनलगायत व्यापारिक गतिविधिमा संलग्न नगराउन सरकारसँग विभिन्न अधिकारकर्मी तथा नागरिक अगुवाहरूले आग्रह गरेका छन् । उनीहरूले सैनिक कल्याणकारी कोषमार्फत ग्यास उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारी निर्णयले नेपाली सेनाको पेसागत मर्यादामा अ%E





