

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।



जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।















