दाङ : मामाघर आएकी बालिकाकाे डुबेर ज्यान गयाे

Open photo

दाङ – दाङमा मामाघर आएकी एक बालिकाको डुबेर ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका–गुरुङखोला निवासी सुन्तली खड्काको सात वर्षीया छाेरी समीक्षाको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर ज्यान गयाे - Vision News Nepal1

समीक्षाको तुलसीपुर-७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेर ज्यान गएको तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले बताउनुभयाे ।

1

मृतक समीक्षा चार/पाँच दिन अघिमात्रै मामाघर आएकी थिइन् । उनीसहित तीन जना बालबालिका आइतवार दिउँसो २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । पानीमा डुबेका मृतक समीक्षाका भाइ अनुप र तुलसीपुर-७ वसन्तपुरका प्रेम बस्नेत भने सकुशल रहेका छन् ।

मृतक समीक्षाकी आमा छोरी र छोरालाई मावली हजुरआमाको घरमा छोडेर धान काट्न राजपुरमै जानुभएको थियो । -उज्यालो

111Open photo

अन्य समाचारहरु