थरुहट बन्दका कारण पूर्वपश्चिम राजमार्ग अन्र्तगत दाङ खण्डको जनजीवन प्रभावित/आन्दोलन पार्टी भित्रै बिवादित

थरुहट स्वायत्त राज्य परिषद्ले आह्वान गरेको थरुहट क्षेत्र बन्दका कारण बिहानैदेखि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पूर्वपश्चिम राजमार्ग अन्र्तगत दाङ खण्डमा कुनै पनि सवारी साधनहरु नचलेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।


घोराही-लमही र घोराही-तुलसिपुर सडक खण्डमा पनि सवारी साधनहरु नचलेको जिल्ला प्रहरीले जनाएको छ । जिल्लाभित्रका शिक्षण संस्थाहरु पनि बन्द भएका छन् । २०६४ सालमा दुईपटक सरकारसाग भएको पााच र छ बुदे सहमति कार्यान्वयन र बसोबासका आधारमा नागरिकता बितरणबारे छानबिन आयोग गठन हुनुपर्ने माग गर्दै थरुहट क्षेत्र बन्दको आहृवान गरिएको परिषदका केन्द्रीय महिला बिभाग प्रमुख गंगा चौधरीले जानकारी दिनुभएको छ । थरुहट क्षेत्र अन्तर्गत तराइका २२ जिल्ला पर्ने उनले बताए ।


जातीय पृष्ठभुमिको आधारमा थरुहट राज्यको घोषणा हुनुपर्ने, जातिय आधारमा हरेक तहमा पूर्ण समानुपातिक सहभागिता हुनुपर्ने, थारुहरुलाई मधेसी सुचिबाट हटाउनुपर्ने लगाएतका मागहरु पूरा हुन नसकेकाले बन्द गर्नुपरेको चौधरीले बताए ।


थरुहट आन्दोलन पनि रहेन अछुतो विवाद बाट


थरुहटले बन्द आह्वान गरेपनि यसबारे पार्टीभित्रै विवाद देखिएको छ ।  एक पक्षले बन्दको आह्वान गरेको छ भने अर्कोर् पक्षले बन्दको कुनै कार्यक्रम नरहेको जनाएको छ । थरुहट स्वायत्त राज्य परिषदका केन्द्रीय विदेश विभाग प्रमुख लिलागम्भिर थारु र केन्दि्रय सदस्य शरण थारुले संयुक्त विज्ञप्ति जारी गरी बन्दको कुनै कार्यक्रम नरहेको बताए ।


केन्द्रीय महिला बिभाग प्रमुख चौधरीले भने केहिदिन अघि बसेको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेर निस्केकाले उनीहरुलाई बन्दबारे थाहा नभएको दावी गरे । थरुहटभित्रको विवादले आम नागरिकलाई पनि झुक्याएको छ । बिहानसम्म बन्दका कार्यक्रम नभएको जानकारी पाएपछि बजार खोलेका व्यवसायीहरु अहिले थरुहट कार्यकर्ता एकाएक बन्द गराउन हिडेपछि समस्यामा परेका छन् । अहिले सडकमा थरुहट कार्यकर्ताहरु बन्द गराउन हिडेका छन् ।

अन्य समाचारहरु