कपिलवस्तु – सय बर्ष बढी जेल सजाय भएको सुन्नु भएको छ । अहिले यहाँ एक सय ११ बर्ष जेल सजाय भुक्तान गर्न बाँकी एक थुनुवा पक्राउ परेका छन् ।
उनी हुन् जिल्लाको बिद्यानगर-९, खैरीका ४९ बर्षे गोली भन्ने जाकिर हुसेन मियाँ । डाँका, खुन डाँका र गौ बध लगायत ५ मुद्दामा गरी उनलाई कपिलवस्तु जिल्ला अदालतबाट एक सय ११ बर्ष कैद तोकिएको छ । ५ फरक फरक मुद्दामा उनलाई तोकिएको कैद सजाय जोड्दा एक सय ११ बर्ष पुगेको हो । त्यस्तै २० लाख २ हजार जरिबाना तोकिएको छ ।
०६२ चैत २५ मा माओवादीले सदरमुकाम तौलिहबा आक्रमण गर्दा कारागारबाट उनीसहित सबै कैदी बन्दी भागेका थिए । अहिले उनलाई फेरि प्रहरीले पक्राउ गरी कारागार पठाएको छ । ५ मुद्दामा एक सय ११ बर्ष कैद सजाय तोकिए पनि नेपाल सरकारको २० बर्ष भन्दा बढी थुनामा नबस्नु पर्नेर् ब्यवस्था गरेको छ ।
अब उसको जति बर्ष कैद तोकिएको भए पनि २० बर्ष थुनामा बस्नु पर्ने ब्यवस्था रहेको कपिलवस्तु कारागारका जेलर ईन्द्रमणि भुसालले बताए । ‘उसलाई तोकिएको २० लाख बढी जरिबाना तिर्न नसके थप ४ बर्ष जेल जीवन बिताउनु पर्दछ,’ उनले भने ।



