परासी – यहाँका एक बालक तीन दिनदेखि वेपत्ता भएका छन् । नवलपरासी जिल्लाको सुनवल ४ का १३ वर्षिय बालक तीन दिनदेखि बेपत्ता भएका हुन् ।
सुनवल निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने गोपाल कुँवर तीन दिन देखि बेपत्ता भएको परिवारिक श्रोतले जनाएको छ । पुस ७ गते विहान १० बजे विद्यालय जाने क्रममा बाटोबाटै बेपत्ता भएका कुँवर अझै सम्म फेला पर्न नसकेको उनका बुवा परदेशी कुँवरले बताएका छन् ।
साथै बालकका आफन्तले आफ्नो छोराको खोजि गरिदिन प्रहरी, नागरिक समाज, मानवअधिकारर्मी लगायतका सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।



