पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सुनसरीको भोक्राहा सोमबार बिहान सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु हो । मृत्यु हुनेमा भोक्राहा ६ का पुरन मेहता रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे सात बजे नम्बर खुल्न नसकेको सवारी साधनको ठक्करबाट ठेगाना खुल्न नसकेका ५० वर्षिय मेहताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरि आइतबार राति सुनसरीको पकलीमा भएको दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।
मोटरसाइकलबाट गस्ती गर्न गएका उनी फर्किने क्रममा इलाका प्रहरी कार्यालय पकलीमा कार्यरत प्रहरी जवान उमेश कार्की चढेको मे १ प १५३५ नम्बरको पूर्व पश्चिम लोमार्ग अन्तर्रगत पकलीमा अनियन्त्रित भई सडकमै दुर्घटनाग्रस्त भएको थियो । सो घटनामा घाइते प्रहरी जवान कार्कीको उपचारको क्रममा राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक बिपीन गौतमले जानकारी दिए ।
यता सुनसरी जिल्लाको रामनगर भुटाहामा एक भारतीय नागरिक मृत फेला परेका छन् । भारतको दरभंगा घर भई सुनसरीको इनरुवा १ मा डेरा गरी बस्दै आएको ५० वर्षिय अशोक मण्डल आइतबार सा



