उमाकान्त पाण्डे गाउले र शालीकराम पन्थ
३१ डिसेम्वर २०११ को दिन यूएईको राजधानी आवुधाबीको कर्नेस एरियामा सर्वदा वाङ्मय प्रतिष्ठान यूएईले भब्य रुपमा बनभोज कार्यक्रम सम्पन्न गर्यो ।युएईको राजधानी आबुधाबी स्थित कर्नेसमा सन्ध्याकालिन प्रहरमा सुरु भएको सो बनभोज नयावर्षको स्वागत संगै पुरानो बर्ष को बिदाइ भन्दै जोरदार सास्कृतिक कार्यक्रमका साथ् गरिएको थियो।
कार्यक्रममा सर्वदा वाङ्मय प्रतिष्ठान् यूएई केन्द्रिय शाखा अध्यक्ष लक्ष्मण सापकोटाको मातृशोक परेको कारण अनुपस्थिती मा श्रेत्रिय अध्यक्ष गजेन्द्र चौधरीले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
मादल,गीटार,सारंङ्गीका धुनहरु यस खुला चौरमा बज्दा अरब मुलुकका मानिस साथै बिभिन्न देशका मानिसहरु नजिक झुम्मिएका थिए।आफ्नो देशको बिषम परिस्थिती देखि बिरक्तिएर कलाकारहरुले देशभक्ति गानाहरु एकपछि अर्को गाईरहेका थिए।
बनभोज एवम खुल्ला स्थानमा सास्कृतिक झलक सहित आफ्नो देश र संबिधानको बारेमा चिन्ता लिने कलाकारहरु धेरैजसो देशको संबिधान कहिले र कसरि कस्तो बन्छ भन्ने चिन्ताका गीत मै डुबेको देखिन्थ्यो।
कार्यक्रम सार्बजनिक स्थानमा भएकोले होला बिदेशीहरु पनि लाम लागेर उक्त कार्यक्रम एकोहोरो हेरिरहेका देखिन्थे।बनभोज नाम बाट कार्यक्रम सुरु गरे पनि कुनै सास्कृतिक कार्यक्रम भन्दा कम थिएँन सो कार्यक्रम ।कार्यक्रममा स्थानिय कलाकारहरु खुसि परिवार र शिशिर परियारले आधुनिक गीत मार्फत सबैलाई मन्त्र मुग्ध पारेका थिए।
खुशी परियारको आफ्नै शब्द,स्वरमा