ढाकावाङ्गको प्रगति कृषक सहकारीको आयोजनामा बाख्रापालक कृषकलाइ तालिम (तस्बिर सहित)

-टेकराज भुसाल

भूमिकास्थान। शुद्ध ५०%का बोयर बोकाहरु उत्पादन गर्दै आएको अर्घाखाँची ढाकावाङ्गकाे प्रगति कृषक सहकारी संस्थाले कृषकहरुलाई बाख्रापालन सम्बन्धि तालिम दिएको छ।

No description available.1

भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ मा कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले वार्ड नम्बर २ लाई प्रगति सामुदायिक बाेयर ब्रिडर हर्ड (बाेयर बाख्रा प्रजनन स्रोतकेन्द्र)का रुपमा स्थापना गरेर बीउका बाेयर बाेकाहरु उत्पादन गर्दै आएको सहकारीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीकाे आर्थिक सहयोगमा बाख्रापालक कृषकहरुलाई तालिम दिएको हो।

No description available.1

भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्नुभएको तालिममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अधिकृत छैठौं सुन्दरलाल सुनार र कृषि ज्ञान केन्द्रका इन्जिनियर कमल पन्थी सुनारले कृषकहरुलाई बाख्रा पालन सम्बन्धि तालिम दिनुभएको हो।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष थापाले नेपाल सरकारले अघि सारेको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी आर्थिक विकासको मुख्य मेरुदण्ड रहेको भन्दै प्रगति कृषक सहकारीले अझ थप उत्पादन मुलक क्षेत्रमा लगानी गरी आत्मनिर्भर तर्फ सहकारीलाई लैजानुपर्नेमा जाेड दिनुभयो।

1

सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषि तथा पशुपन्छि बिकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनाेभेशन आयोजना बिकेन्द्रित आयोजना सहयोग इकाई बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा शुद्ध १००% का बोयर बाेकाहरु खरिद गरि वार्ड नम्बर २ का विभिन्न क्षेत्रमा स्थानीय पाठीसँग प्रजनन गरि शुद्ध ५०% का बाेयर बाेकाहरु उत्पादन गरेता पनि प्रचारप्रसारकाे कमिले गर्दा उत्पादन भएका सबै बाेयर बाेकाहरु बीउमा बिक्री हुन नसकेका कारण कृषकहरुले मासुको मुल्यमा बेच्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

images

11

 

images

अध्यक्ष भुवानन्द भुसालको अध्यक्षता र सचिव खिमबहादुर राउतकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

11

images