दक्षिण कोरियामा बसोबास गर्दै आएका नवलपरासी बासीहरुको नयाँ समिती गठन गर्दै भेला सम्पन्न

– कर्ण जंग रायमाझी

दक्षिण कोरिया व्युरो प्रमुख

 

दक्षिण कोरिया (अर्घाखाँचीडट्कम) – नयाँ वर्षको उपलक्ष्यमा गत जनवरी २ तारिकका दिन रोजगारीका क्रममा दक्षिण कोरियामा बसोबास गर्दै आएका १०० जना नवलपरासी जिल्लाबासीहरुको भेला सम्पन्न भएको छ।

उक्त भेलाले कामको सिलसिलामा पर्ने समस्या र विभिन्न कठिनाइलाई पार गर्न र संगठनबाट संकलन राशिबाट आफ्नो जिल्लामा केहि सामाजिक काम गर्नको लागि नयाँ कमिटी समेत गठन गरेको छ।


साथै सो भेलामा अतिथि कर्ण जंग रायमाझी एवम सल्लाहकार प्रेम न्यौपाने, गणेश अधिकारी, लोचन थारु, कृति कुमार श्रेष्ठ, पत्रकार पुर्शोतम जोशी लगायतको उपस्थितिमा नवलपरासी सम्पर्क समिति गठन गरिएको हो ।


साथै थाहा भए अनुसार उक्त नवलपरासी सम्पर्क समितीले कोरियामा रहेका नेपाली संगठनहरु सँग हातेमालो गर्दै अगाडि बढने अध्यक्ष रामेश्वोर सुबेदीले बताएका थिए भने सो कमिटीमा रहेका व्यक्ती-विवरण निम्न प्रकार रहेको छ:-


अध्यक्ष  -श्री रामेश्वोर सुबेदी
उपादध्यक्ष-दिपक बस्याल
सचिब -रामु बस्याल
सह्सचिव -दया राम सापकोटा
कोषादध्यक्ष -बिमला श्रेष्ठ

 

सदस्यहरु


बलराज श्रेस्ठ
अर्जुन पौडेल
पुष्प श्रेष्ठ
धुर्ब राज पाण्डे
बिरेन्द्र चौधरी
दीपक चौधरी
सन्दिप के.सी.
नेत्र पौडेल
बल राज श्रेस्ठ
टेक नाथ कडेल
यादब खनाल र प्रकाश हमाल रहेका छन ।