भूमिकास्थानको ढाकावाङ्ग र धारापानीमा पर्यटन प्रर्वद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, कार्यक्रम सफल पार्न हातेमालो गर्ने दिए वचन (तस्बिर सहित)

-टेकराज भुसाल र गाेपालप्रसाद भट्टराई, अर्घाखाँची । 

अर्घाखाँचीको ढाकावाङ्ग र धारापानीका नागरिकले नेपाल पत्रकार महासंघले आयोजना गरेको अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम -२०८० लाई सफल पार्न हातेमालो गर्ने वचन दिएका छन् ।

No description available.

1

भुमिकास्थान– १,२,३ र ४ नम्बर वडाका निर्वाचित अध्यक्ष,कार्यपालिका सदस्य,राजनितिक दल सहित अन्य सरोकारवालाले आर्थिक संकटबाट गुज्रिएको जिल्लालाई माथि उकास्न यो अभियानले टेवा दिने भन्दै महाअभियानमा सक्रिय साथ दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । आसन्न माघ १ गते प्रधानमन्त्री प्रचण्डबाट समुद्घाटन हुने पर्यटन प्रबद्र्धन कार्यक्रमको तयारी स्वरुप सोमबार पत्रकार महासंघले छुट्टा–छुट्टै आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।

No description available.1

भुमिकास्थान १–२ को कार्यक्रम ढाकावाङ्ग र भुमिकास्थान ३–४ को कार्यक्रम धारापानीमा आयोजना गरिएको पत्रकार महासंघले जनाएको छ । स्थलगत रिर्पोटिङ्गपछि आयोजित अन्तरक्रियात्मक बैठकपछि भुमिकास्थान १ ले सिउडेनी पर्यटकिय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रुपमा सुचिकरण गर्ने निर्णय गरेको वडाध्यक्ष गोपाल प्रसाद खनालले जानकारी दिनुभएको छ ।

No description available.1

यस्तै भुमिकास्थान २ ले नगरपालिकाकै नामाकरण गरिएको चर्चित मन्दिर भुमिथान मन्दिरलाई भ्रमण गर्नैपर्ने स्थलको रुपमा सुचिकरण गर्ने निर्णय गरेको वडाध्यक्ष बुद्धि बहादुर थापाको भनाई छ । यता भुमिकास्थान ३ ले गौरादेवी मन्दिर शिख्र,गौरादेविस्थान हुँदै हाडफोर पर्यटकिय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रुपमा सुचिकरण गर्ने निर्णय गरेको वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडेले बताउनुभएको छ ।

images

No description available.

यस्तै भुमिकास्थान ४ ले सिउडेनी सिदबाबा मन्दिर पर्यटकिय स्थललाई भ्रमण गर्नैपर्ने स्थलको रुपमा सुचिकरण गर्ने निर्णय गरेको वडाध्यक्ष बाबुराम पन्थीको भनाई छ ।

images

No description available.

कार्यक्रममा पर्यटन प्रबर्द्धन अभियानका सचिवालय सदस्य गोपाल प्रसाद भट्टराई, कार्यालय सदस्य जितेन्द्र खत्री, प्रथम प्रचार टिम सदस्य तथा अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम- २०८० का सहजकर्ता  टेकराज भुसाल र प्रथम प्रचार टिम सदस्य अजय के.सी.ले सहजीकरण गर्नुभएको बताइएको छ ।

images

No description available.

कार्यक्रममा वडाका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रअ तथा अध्यक्ष, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समुहका प्रतिनिधि,सहकारी संस्थाका प्रतिनिधि लगायत स्थानिय अगुवाहरुको उपस्थिती रहेको थियो। यतिवेला जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पत्रकार महासंघले पहल थालेको छ ।

No description available.

गाउँबस्ती रित्तिँदै जान थालेपछि चहलपहल बढाउन महासंघ आफैं तातिएको हो । जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्न पत्रकार नै अग्रसर नहुने हो भने भएका गन्तव्य पनि ओझेलमा परिरहने निष्कर्ष निकाल्दै नेपाल पत्रकार महासंघले ‘अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम २०८०’ सुरु गरेको छ ।

Nepal life insurance

No description available.1

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पु¥याउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । सुपादेउराली आएका पर्यटकलाई अन्य धार्मिक, ऐतिहासिक तथा मनोरम स्थलको जानकारी नहुँदा लुम्बिनीबाटै फर्कने गरेका छन् । जिल्लामा रहेका अन्य गन्तव्यको महत्व, पहिचान र जानकारी नहुँदा पर्यटकको रोजाइमा पर्न सकेका छैनन् ।

 

111