नेपालगन्जमा अत्याधिक चिसोले चार महिने शिशुको मृत्यु, कञ्चनपुरमा विद्यालय बन्द

नेपालगन्जमा अत्याधिक चिसोले चार महिने शिशुको मृत्यु

 

नेपालगन्ज – अत्याधिक चिसोका कारण नेपालगन्ज नगरपालिका-१३ गोसाई गाउँका चार महिने शिशु विद्या गुप्ताको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

 

 केही दिनदेखि निरन्तर चलेको शीतलहर र बढ्दो ठण्डीले मध्य तथा सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ।


विद्यालय बन्द


कञ्चनपुर जिल्लामा अत्यधिक चिसो बढेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मातहतका शिक्षण संस्था बन्द गरेको छ।

शीतलहरका कारण धेरै विद्यार्थी बिरामी परेका गुनासो अभिभावकहरूले गरेपछि प्याब्सनले शिक्षण संस्था बन्द गरेको हो।


प्याब्सनका जिल्ला सचिव वसन्तराज पाण्डेयका अनुसार आगामी आइतबारसम्म विद्यालयहरू बन्द हुनेछन्। मौसममा सुधार नआए थप केही दिनका लागि विद्यालय बन्द गर्न सकिनेछ।


जिल्लास्थित सरकारी विद्यालय तथा उच्च माध्यमिक विद्यालयलाई १५ दिन मिनपचासको बिदा दिइएको छ। रासस

अन्य समाचारहरु