मन्त्री बस्नेतको दावी : आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुन्छ

spot_img

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सक्ने दावी गरेका छन् । आज (बिहीबार) स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार ७ सय मेगावाट बिजुली उत्पादन गर्न सकिने दावी गरेका हुन् ।

उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्नसक्ने बताएका हुन् । उनले भने,’हामी उत्पादन गर्नसक्छौं । ११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ । तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विदयुत उत्पादनको अवस्था सिर्जना भइरहेको छ । यो हिसाबले हेर्दा आगामी १२ वर्षमा २८ हजारभन्दा बढी विदयुत उत्पादन गर्नसक्छौं ।’

1
मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुसार अगाडि बढिरहेको बताए । उनले सो बिजुली कसरी व्यवस्थापना गर्ने भन्नेबारे पनि सम्बोधन भइसकेको दावी गरे । मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सकिने बताए ।

1

मन्त्री बस्नेतले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको लागि एउटा विशेष र महत्वपूर्ण अवसर रहने विश्वास व्यक्त गरे । उनले लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार लागिपरेको जिकिर गरे । जलवायु परिवर्तनको असरका कारण बिजुली उत्पादनमा पनि असर पारिरहेको उनको भनाइ छ ।

111