अर्जुन दाहाल
यूएईमा रहेका स्याङजाबासी नेपालीहरुलाई एकबद्ध गर्दै जिल्लाको विकास गर्न तथा यहाँ रहदा वा भइ परिआउने समस्या समाधान तथा उद्धारका निम्ति स्याङजाली समाज यूएईको स्थापना गरिएको हो।
यमलाल शर्मा पंगेनीको सभापतित्वमा सम्पन्न उक्त भेलाले चन्द्र रोकाहाको अध्यक्षतामा २१ सदस्यीय स्याङजाली समाज यूएईको तदर्थ समिति समेत गठन गरेको छ।गठित तदर्थ समितिको उपाध्यक्षमा एकेन्द्र थापा,महासचिवमा भूपराज बस्याल,सचिवमा राजु पाण्डे,कोषाध्यक्षमा खेम काफ्ले रहेका छन्।सदस्यहरुमा रामचन्द्र परियार,रवि केसी,कुल क्षेत्री,विनोद केसी,निलकण्ठ भट्टराई,सन्ध्या गैह्रे पाण्डे, छविकिरण भट्टराई,भूपति न्यौपाने, भूपराज पाठक,कृष्ण न्यौपाने,यम बहादुर घर्ती,चोभाकान्त डुम्रे र खेमबहादुर गुरुङ् रहेकाछन् भने तीन जना सदस्यकालागि पद रिक्त रहेको छ।
भेलाले यमलाल शर्मा पंगेनी,पुरुषोत्म पाण्डे र गिरधारी विरही रिजाललाई सल्लाहकारमा चयन गरेको छ।
तदर्थ समितिका अध्यक्ष चन्द्र रोकाहाले आगामी ६ महिना भित्र साधारण सभा सम्पन्न गरी पूर्ण समिति निर्माण गर्ने जानकारी गराउदै समाजको औचित्यबारे प्रकास पारेका थिए।

सदस्य रामचन्द्र परियारको स्वागत मन्त्वब्य तथा खेम काफ्लेको साचालनमा सम्पन्न सो कार्यक्रममा यूएईमा रहेका नेपाली पत्रकार तथा बुद्दिजिवी हरुको समेत उपस्थिती रहेको थियो।



