झापाको बिर्तामोडस्थित कोहिनुर होटलमा एक महिलाको हत्या

झापा – संचारमाध्यमहरुले जनाए अनुसार झापाको बिर्तामोडस्थित कोहिनुर होटलमा एक महिलाको आज बिहान हत्या भएको छ । नाम, वतन खुल्न नसकेकी ती महिलाको शव होटलको कोठा नं २०९ मा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


मङ्गलबार महेन्द्र शर्मा भन्ने व्यक्तिले कोठा बुक गरेका थिए । उनले आफूहरु श्रीमान्-श्रीमती भन्दै ती महिलालाई सँगै राखेको होटलको रेकर्डमा उल्लेख छ ।


महिलाको टाउकोमा गह्रौँ चिज प्रहार गरी हत्या गरिएको प्रहरीले दाबी गरेको छ । ती व्यक्ति हत्यापछि फरार भएको प्रहरीले जनाएको छ ।


यसैबीच, शनिश्चरे-७ का चुनुबहादुर तामाङको घरमा गएमध्ये रातमा डकैती भएको छ ।


पाँच/छजनाको समूहमा आएका डकैतीले परिवारका सदस्यलाई नियन्त्रणमा लिएर डकैत गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


लुटेरा समूहले तामाङको घरबाट नगद रु ४० हजार, पाँच तोला सुन, तीन तोला चाँदी तीनवटा मोबाइल सेट र ल्यादर ज्याकेट लिएर फरार भएको प्रहरीले जनाएको छ ।


सो समूहले तीनवटा खुकुरीसमेत लगेको तामाङले जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य भइरहे पनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु