काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणले पर्सिदेखि कार्यान्वयन हुने गरी सातामा ८४ घण्टा विद्युत कटौती गर्ने भएको छ ।
यसअघि सातामा ७४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । जलाशयमा पानीको मात्रा घटेको र जाडोयाममा विद्युतको मागसमेत बढेको कारण देखाउँदै प्राधिकरणले दैनिक १२ घण्टाको दरले लोडसेडिङको अवधि बढाएको हो ।
सुख्खायाम सुरु हुन अझै दुई महिना बाँकी छँदै दैनिक १२ घण्टाको दरले विद्युत कटौती हुनुले लोडसेडिङको अवधि अझै बढ्न सक्ने संकेत गरेको छ ।