दाहाल र बाबुराम भट्टराई पक्षधरबीच मतभेद चुलिँदै, माओवादी मुखपत्रका सम्पादक हटाइए

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार   माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षधरबीच मतभेद चुलिँदै जाँदा त्यसको असर तल्लो तहमा समेत देखिन थालेको छ। त्यही असरस्वरुप सोमबार कोमल बराल जनादेश साप्ताहिकको सम्पादकबाट हटाइएका छन्।

 

आज मंगलबारको जनादेश साप्ताहिक सम्पादकको हटाएर प्रकाशित भएको छ। प्रिन्टलाइनमा कार्यकारी र प्रबन्ध सम्पादकको नाम भने यथावत छ।


पार्टीको चेन अफ कमान्डमा काम नगरेको हुँदा उनलाई हटाइएको स्रोतले बतायो। माओवादी प्रचार प्रमुख भट्टराईको निर्देशनअनुसार बरालले काम नगरेपछि उनलाई हटाइएको हो। माओवादी मिडिया प्रचार विभागको नियन्त्रणमा चल्दै आएका छन्।

अन्य समाचारहरु