काठमाडौ – प्राप्त समाचार अनुसार लमजुङ चण्डिस्थान, २ का ५५ वर्षिय बसन्तराज न्यौपानेको मंगलबार रुखले किल्चेर मृत्यु भएको छ ।
स्थानिय पातले सामुदायिक बन गोड्न गाउँलेहरुसँगै गएका न्यौपाने आफैले काटिरहेको रुख ढलेर लाग्दा घटना स्थलमै मृत्यु भएको हो । उनको टाउकोमा गहिरो चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



