अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको तेह्रौं शृंखला यहि जनवरी २५ तारिख मंगलबारको दिन टोक्योमा आयोजना गर्ने भएको छ।
सो साहित्यिक कार्यक्रम टोकियोको सिन-ओकुबो स्थित नेपाली खाजाघरको सभाकक्षमा सांझ ६ बजेबाट हुन गईरहेको छ । उक्त कुरा आयोजक संस्थाकातर्फ़बाट महासचिव पुष्करजंग थापाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
अनेसास जापानले बिगत केहि वर्षदेखि हरेक तीन-तीन महिनाको फरकमा शृंखलाबद्द साहित्यिक कार्य्रक्रमको आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस पटकको कार्यक्रम शृंखला तेह्र (१३) को रुपमा हुन गईरहेको कुरा पनि बिज्ञप्तिमा उल्लेख छ ।
जनवरी २५ तारिख मंगलबारको दिनमा हुन गईरहेको सो कार्यक्रममा जापानमा रहेका नेपाली श्रष्टाका अतिरिक्त देश-बिदेशका श्रष्टाहरुका रचनाहरु समेत बाचन गरिने भएकोले साहित्यलाई माया गर्नहुने सम्पूर्ण श्रष्टालगायत साहित्यनुरागी महानुभावहरुमा रचनासहित न्यानो उपस्थितिको लागि हार्दिक आहवान गरिएको छ । उपस्थित हुन असमर्थ श्रष्टाहरुको रचना पनि बाचन गरिने भएकाले इच्छुक महानुभाबहरुले rachanasankalan@googlegroups.comThis e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा इमेल मार्फत पठाउन पनि बिज्ञप्तिमा अनुरोध गरिएको छ ।