उमाकान्त पाण्डे गाउले
दुबई-यूएई- २२ जनवरी २०११- नेपालको सघींयता बिरुद्द प्रवासमा रहेका नेपालीको आवाज लाई प्रतिनिधितित्व गर्ने सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईको केन्द्रिय समितीको सम्योजकमा मानबहादुर थापा लाई कार्यबाहक जिम्मा दिएको छ।
नेपालमा गठित सघींयता बिरुद्द सम्युत्त (खुकुलो)मोर्चाको मातहतमा रही सघींयताको बिरोध अभियानलाई यूएईमा नेत्रित्व दिएका समाजसेवी कृष्ण ढकालले आफ्नो ब्यस्तता र यूएईको समय सन्धर्भलाई ख्याल गर्दै नेपाल र नेपालीका लागि सामाजिक कार्यमा प्राण रहुन्जेल आफ्नो बिचार लाई जीवन्त राख्दै आफुले लिदै आएको जिम्मेवारी पद बाट राजिनामा दिएको घोषणा गरेकोले सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईको अनौपचारिक केन्द्रिय स्तरको आकस्मिक बैठकले अधक्ष्यको राजिनामा पछी रित्त रहेको पद समितीका पुर्व उपाधक्ष्य मान बहादुर थापा लाई कार्यबाहक अधक्ष्यको जिम्मेवारी दिएको हो। थप जिम्मेवार हेरफेर पछी गरिने निर्णयले गरेको छ।
सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईको केन्द्रिय अधक्ष्य बाट कृष्ण ढकालले राजीनामा दिएको पत्र समितिको अनौपचारिक केन्द्रिय स्तरको आकस्मिक बैठकले सदर गर्दै तत्कालिन निर्णय सहित समितिको अधक्ष्यमा पुर्व उपाधक्ष्य मान बहादुर थापा लाई कार्यबाहक अधक्ष्यको जिम्मेवारी दिएको हो।
विगत १७ वर्ष देखी सम्युत्त अरब एमिरेट्स यूएईमा समाजसेवीको रुपमा चिनिएका ढकाल नेपाली समाज यूएईमा यस् अघी पनि अधक्ष्यमा रही आफ्नो कार्यकालमा उत्कृष्ट काम गरी स्थापित नाम हो।
गत २ बर्ष अघी नेपाल लाई सघींयराज्यमा लैजाने संबिधान सभाको निर्णय लाई देश टुक्राउने खेलको रुपमा महसुश गरी राष्ट्र र राष्ट्रियताका लागि भन्दै सघींयताको बिरोध नेपालमा मात्र नभई बिदेशमा रहने नेपालीहरुले समेत गर्दै आएका थिए।
राजिनामा पछी समाजसेवी ढकालले आफ्नो ब्यात्तिगत धारणामा अडिग रहदै छाता सस्था नेपाली समाज यूएईमा आफ्नो उम्मेद्बवारी दिएकोले आफुले सो निर्णय गरेकोले आफु सदैव सामाजिक कार्यमा नेपाल र नेपाली तथा राष्ट्र र राष्ट्रियताका लागि सामाजिक सेवाको भावनाले काम गर्ने प्रतिबदत्ता जाहेर गर्दै आगामी निर्वाचन प्रकृयामा आफुलाई यहाँ स्थित सम्पूर्ण सामाजिक संघसस्था लगायत नेपाली समाजका आजीवन सदस्य सबैको सहयोग हुने अपेक्षा राखेको संचारकर्मी सँगको कुराकानीमा ब्यत्त गरेका छन।



