ओमान देखी २००२ बाट फसेकी नेपाली चेली रेणु गुरुङको कथा

– शालिक राम आचार्य

 

ओमान, मस्कट – हामीहरुले दिन बदीन ओमानका समस्याहरुलाई  जति नजर अन्दाज गेरता पनि  ओमानमा  नेपालीहरुको हालत  झन् पछि झन् ब्रिग्रिदई  गएको हामी हरु समक्ष्  दिन-दिनै आएको  छ  यस्तै  नै एक बेदना लिई ओमान मा बिगत २००२ देखि काम गर्दै आएकी  तर नेपाल फर्कन नपाएकी  नेपाली  चेली  रेणु गुरुङ (पास पोर्ट  नाम  प्रमिला  कार्की )  ले आफ्नो  बेदना ओमान नेपाली एकता समाजको अल-खोईएर एरिया समिति  को समक्ष राखेकी  छिन्।

 



ओमान मा बिगत २००२ देखि फसेर  नेपाल जान  नपाएकी  नेपाली  चेली  रेणु गुरुङ  ले आफ्नो बेदना सुनाउदै भनिन मेरो नागरिता  पनि नबन्दै दलालको झंसा मा परि  अरु को  पासपोर्ट मा मलाई  मुम्बईको बाटो  ओमान पठाईएको    थियो  र म अनपढ  आफै लाई नै थाहा भएन की म  कति बेला प्रमिला  कार्की को नाम मा ओमान पुगे  छु ।

 

यहाँ  ओमानी को घर मा  धेरै  यातना  सहन न सकी  ५/६ मैना मा नै उक्त घर बाट भागेर  अर्को  ठाउं  मा काम गर्न  थाले को थिय  तर विसा सकिने  बेलामा जब पासपोर्ट को आबसेक्ता पर्दा उक्त पासपोर्ट  मिलेन र नेपाल फ्रकनी  बाटो  नै बन्द भयो  र म गैरकानुनी  रुप म काम गर्न थालेँ बीच बीच मा नेपाली समाज ओमान लाई  आउट  पास को लागि  प्राथना  गरिरहे बिमोजिम   गत बर्ष  आउटपास खुलेको बेला मेरो लागि नेपाली समाज  ओमान  का  गोबिन्द  गुरुङ  ले नै  अघि सारेको तर ओमानी  एरपोर्ट  बाट नै वापस  फर्काई  दिएको  भन्दै उनि रुन  थाल्छिन् । किन  आउटपास मा जान नदिएको  भन्दा उनि भन्छिन  लेबरकोर्ट ले पासपोर्ट को फोटोकापी मागेको  तर आफ्नो पास पासपोर्ट को न. पनि नभएको भन्दै आँसु   झारछिन्  ।
 
ओमानको बारेमा अब नेपाल को  सरकारी  निकाय  ले  सोच्न नै पर्छ  लगभग  १० बर्ष  देखि फसेर  नेपाल फर्कन  नपाएकी   रेणु गुरुङ  (पास पोर्ट  नाम  प्रमिला  कार्की )  जस्ता  अनपढ र सोझा  चेली हरु  को बाध्यताको फाईदा  उठाएर  उनि हरु मार्फत धन थुपारनी दलाल हरु ले गर्दा कति चेली हरुले खाडी मा आत्मा  हत्या सम्म गर्न बाध्य बनाएका छन् यस्ता   दलाल हरु लाई  प्रतिबन्ध  लगाई सरकार ले  नै  एस कार्य लाई समाउनु  पर्छ  र गेर कानुनी रुप मा मानव ओसारने  मेनपावर  हरु लाई सख्त  कारबाही  हुनु पर्नी  नै बेला भयो।