सिरहाको तुलसीपुरमा ट्याक्टरबाट लडेर एक कामदारको मृत्यु

प्राप्त समाचार अनुसार सिरहाको तुलसीपुर ७ मा ट्याक्टरबाट लडेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको तुलसीपुर ७ का ३० बर्षिय कामदार घुसका महरा हुन् ।

 

स.१ त. २३६४ नंम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका महरालाई उपचारका लागि लहान तर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको र चालक फरार भएका छन् ।


अन्य समाचारहरु