मगर सँघ यूएईले वेबसाईट सञ्चालनमा ल्याउने

यूएई- अखाँटा यूएई डेस्क) -नेपाली मगर सँघ यूएईले सँघको आधिकारिक वेबसाईट सञ्चालनमा ल्याउने निर्णय गरेको छ। जस अनुसार फेव्रवरी १८ अथार्थ मगर दिवशमा वेबसाईटको समुद्घाटन गरिने छ।हरेक बर्षको फाल्गुन १५ मा मनाईने मगर दिवश-मगर सँघ यूएईले पनि स्थापना काल देखि मनाउदैं आईरहेको छ ।
 
मगर दिवशमा आफ्नो जातीय मौलिकतालाई पनि झल्काउने हुनाले सोही अनुसार तयारी समितीको गठन  पनि गरिएको छ। फेव्रवरी-१८,शूक्रबार पारेर फोर प्वाईन्ट सेराटन होटेल बैँक स्ट्रिट बर दुबईमा २९ औ मगर दिवश मनाउने सवालमा बसेको बैठकले सो कुराको जानकारी गराएको हो।
 
स्थानिय नेपाली कलाकारहरुद्वारा कौडा, झ्याउरे,हुररा,सालैजो लगाएत बिबिध मनोरञ्जनात्मक सास्कृतिक प्रस्तुतीहरु पनि रहने उक्त मगर दिवशमा सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई उपस्थित भैदिनको लागि बिनम्र अनुरोध गरिएकोछ।
 
संघका अध्यक्ष गीरमान थापा मगरको सभापतित्वमा फेब्रवरी चार-बरदुबईमा बसेको बैठकले उल्लेखित निर्णय तथा जानकारी सम्बन्धित सबैको लागि गराएको हो।