भूमिकास्थानले गर्यो असुरकोट र धारापानीका पसलहरुमा अनुगमनः गुणस्तरियतामा ध्यान दिन अपिल (तस्बिर सहित)

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।

भूमिकास्थान – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले असुरकोट र धारापानीमा संचालित विभिन्न पसलहरुको अनुगमन गरेको छ ।

May be an image of 5 people and temple

वडा नम्बर ४ धारापानीको धाराबजार रवडा नम्बर ५ को बुधुनमारा, पौवा, आरनटोल र चौतारका किराना पसल, एग्रोभेट, होटल, डेरी पसल सहित सबैखाले व्यापारिक पसलहरुमा अनुगमन भएको हो ।

May be an image of 4 people, hospital and text

दुई वटा वडामा करिब ५० वटा पसल अनुगमनको क्रममा भेटिएका म्याद नाघेका र लेभलिङ्ग नभएका सामान जफत गरी प्रहरी, पत्रकार र सरोकारवालाको रोहबरमा
नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

May be an image of 4 people

किराना पसलमा खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राखिएको, मुल्य सुची नटाँसीएको पाइएको छ । यस्तै होटलहरुमा खानेकुरा नछोपिकन खुल्ला ठाउँमा राखिएको, सरसफाईमा ध्यान नदिइएको भेटिएपछि अनुगमन टोलीले सुझाव सहित प्रक्रिया पु¥याएर व्यवसाय संचालन गर्न ३५ दिनको समय तोकेको छ ।

May be an image of 2 people

images

असुरकोटमा संचालित वेकरी उद्योग अव्यवस्थित रहेको, लेभलिङ्ग गर्दा त्रुटि भएको, प्रयाप्त सरसफाई नभएको भेटिएको भूमिकास्थान नगरपालिकाको बजार अनुगमन निरिक्षण अधिकृत शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

May be an image of 6 people and text

images

“उपभोक्ताले पनि सामान खरीद गर्दा सामान गुणस्तरको छ÷छैन ? लेभलिङ्ग गरिएको छ÷छैन ? म्याद गुज्रिएको हो÷होइन ? यस बारेमा खासै ध्यान दिएको पाइदैन । नगरप्रमख झविलाल थापाले भन्नुभयो यसमा सबै सचेत हुन जरुरी छ ।”

May be an image of 8 people and text

images

गुणस्तरहिन अखाद्य पदार्थको उपभोगले नागरिकहरु विभिन्न रोगको सिकार बनिरहेको भन्दै नगरउप–प्रमुख बालकृष्ण बन्जाडेले मापदण्ड अनुसार प्रयोग योग्य सामान विक्रि बितरणमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

May be an image of 7 people and text

ग्रामिण क्षेत्रमा अझैपनि लेभलिङ्ग हेरेर सामान किनबेच गर्ने बानीको पूर्ण विकास नभएकोले निरन्तर अनुगमन भएपनि मापदण्ड अनुसार पसल संचालन हुन नसकेको भूमिकास्थानका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यको भनाई छ । पहिलो पटक सम्झाई बुझाई गरेपनि पटक–पटक गल्ती नसुधार्ने ब्यापारीहरुलाई कार्बाही र जरिवाना तिराउने अभ्यास समेत अगाडि बढाइएको प्रशासकिय अधिकृत आचार्यले बताउनुभएको छ ।

May be an image of ‎4 people, street and ‎text that says "‎ವ वर KWKs POTATO POTATOCHIPS CHIPS جن C県CH PUNCH i মক‎"‎‎
अनुगमन टोलीमा भूमिकास्थान नगरपालिकाको सहकारी तथा उद्योग शाखा प्रमुख तथा बजार अनुगमन निरिक्षण अधिकृत शंकर अधिकारी, प्रशासन शाखा प्रमुख
तुल्सीप्रकाश गिरी, कृषिशाखाका कृषि प्राविधिक सहायक युवराज आचार्य, राजश्व शाखा प्रमुख जगत भुसाल, वडा सचिव निलम शाही, धारापानी स्वास्थ्यचौकी इन्चार्ज राम बहादुर के.सी., पत्रकार र प्रहरी लगायतको सहभागिता रहेको थियो ।

Nepal life insurance

थप तस्बिर:

May be an image of 5 people, temple and text

May be an image of 5 people and temple

May be an image of 5 people and text

May be an image of 6 people

May be an image of 5 people, people studying, table and text

May be an image of 5 people and temple