प्रवासी नेपाली युवासंघको दुबइ क्षेत्रिय समिती गठन

– उमाकान्त पाण्डे गाउले


अखाँटा यूएई डेस्क-प्रवासी नेपाली संघ अन्तर्गत रहेको प्रवासी नेपाली युवासंघको दुबइ क्षेत्रिय समिती गठन गरिएको छ। प्रवासीएका युवाहरुको रहर लाग्दो-डर लाग्दो र भर पर्दो युवासगंठन बनाउने उद्देश्यले स्थापित प्रवासी नेपाली संघ यूएईको दुबई क्षेत्रिय समिती विस्तार गरिएको हो ।
  
प्रवासी नेपाली युवा संघ यूएईको दुबइमा रहेका अत्यधिक युवाहरुको उपस्थितीमा २१ सदस्यिय प्रवासी नेपाली युवासंघको गठन गरिएको छ । कर्ण बहादुर खडका को अधक्ष्यतामा गठित सो दुबइ क्षेत्रिय समितीको उपाधक्ष्य द्वयमा मिना वाइवा,हरी खडका,सचिवमा राजु निरौला, सह-सचिवमा राम थापा मगर र कोषाधक्ष्यमा रमेश अधिकारी रहेका छन।


गत फ्रेबरी ४ तारिख शुक्रबारका दिन बर दुबइ स्थित पुरानो नेपाली रेस्टुरेन्टमा प्रवासी नेपाली युवासंघ यूएईको केन्द्रिय पदाधिकारीको उपस्थितीमा बसेको भेलाले गठन गरेको सो समितीका सद्स्यहरुमा मुस्कान कार्की, दोर्जे थिङ,लीलक मगर,पदम पोख्रेल,शर्मिला डिसी,टिकाराम गौतम,हरी थापा,दिपेश गिरी,राजु विक,हिक्मत तमाङग रहेका छन भने अन्य बाँकी ५ सदस्य तथा सल्लाहकार हरु पछी राखिने जनाईएको छ।


बैदेशिक रोजगारमा आएका युवाहरु लाई कुलत र अराजकता बाट जोगाउन अत्यधिक युवाहरुको जमघटलाई सगंठित गर्ने उद्देश्यले स्थापना गरिएको सो युवासंघको दुबइ क्षेत्रिय समिती गठन प्रवासी नेपाली संघ यूएईका वरीस्ठ उपाधक्ष्य तथा सगंठन बिभाग प्रमुख लक्षमण सापकोटाको प्रमुख आतिथ्यता, प्रवासी युवासंघ यूएईका केन्द्रिय सचिव बुद्दी प्रशाद सुवेदीको सन्चालन तथा संघकै केन्द्रिय उपाधक्ष्य रवी भुजेलको सभापतित्व,अर्का केन्द्रिय उपाधक्ष्य आशिष राइ को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा युवासंघको दुबई क्षेत्रिय समिती गठन गर्नु पर्ने तथा यस्का भबिश्यका योजना तथा समाजमा निभाउनु पर्ने जिम्मेवारिता लाई प्रवासी नेपाली संघ यूएईका वरिस्ठ उपाधक्ष्य तथा सगंठन बिभाग प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथी लक्षमण सापकोटाले प्रशिक्षण दिएका थिए।    

स्मरण रहोस् : नेकपा एमाले निकट अन्तरास्ट्रिय भात्री सगंठनको रुपमा स्थापित प्रवासी नेपाली संघ यूएईले युवा समुहलाई पनि सगंठित गर्दै जाने उद्देश्यले गत १० डिसेमबर २०१० मा प्रवासी युवासंघ यूएई गठन गरेको थियो भने २२ डिसेम्बर २०११ मा नेकपा एमालेका चर्चित युवा नेता तथा युवा संघ नेपालका अधक्ष्य महेश बस्नेत को उपस्थितीमा प्रवासी युवासंघ यूएईको बिधिवत घोषणा गरिएको थियो।