बारामा अज्ञात समूहद्वारा गोली हानी एकजना प्रहरी सहायक निरीक्षकको हत्या

वीरगञ्ज – तराईका संचारमाध्यमहरुले उल्लेख गरे बारामा गएराती अज्ञात समूहले गोली हानी एकजना प्रहरी सहायक निरीक्षकको हत्या गरेको छ ।


कचोर्वा घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक सिकीन्द्र यादवको अज्ञात् समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


साइकलमा घर जाने क्रममा राती करिव पौने १० बजेतीर तेलकुवा गाविस नजिकैको नहरमा यादवको हत्या भएको बाराका  प्रहरी उपरीक्षक मनोज न्यौपाने जानकारी दिनुभएको छ ।


यादवको देव्रे गालामा गोली लागेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु