– आकांक्षा शाह, नागरिक
नयाँ दिल्ली, माघ २६ – गुल्मीका १८ वर्षीय गोविन्द सुनार आफ्नो परिवारका निम्ति केही रकम जोहो गर्न सकिने आशाले पाँच महिनाअघि दिल्ली पुगेका थिए। सुनारलाई उनी कार्यरत होटलको टेन्टमा झुन्डिएको नांगो तारमा करेन्ट लागेको थियो। एक प्रत्यक्षदशीले भने, ‘केही सामान लिनका लागि गोविन्द भित्रबाहिर गरिरहेका थिए। टेन्टमा नाङ्गा तार झुन्डिइरहेका थिए र करेन्ट लागेर ठाउँको ठाउँ उनको मृत्यु भयो।’
गोविन्द र परिवारका सदस्यले उनको मृत्यु व्यवस्थापनको लापरबाहीबाट भएको बताए। ‘नांगो तार केही धेरै दिनदेखि झुण्डिरहेको थियो।यसले व्यवस्थापनको लापरबाही देखाउँछ,’ आफ्नो नाम उल्लेख गर्न नचाहने गोविन्दका एक साथीले भने।
यो मेट्रो गिल रेस्टुरा दिल्लीको प्रितमपुरा क्षेत्रको सन्देश बिहारमा रहेको छ। रेस्टुरा मालिक मनिष गोयलले पीडितलाई क्षतिपूर्ति दिएर घटनाप्रति सहानुभूति देखाएका छैनन्। ‘हामीले १२ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति मागेका छौं, तर गोयलले यसलाई दुर्घटना भन्दै क्षतिपूर्ति दिन अस्वीकार गरेका छन्,’ मृतकका काका गंगाबहादुर सुनारले भने। उनले अगाडि भने, ‘मालिकले एक लाख रुपैयाँ दिएर टार्न खोजेका छन्। हामीले के गर्ने? हामी गरिब छौं र गोविन्दको १३ दिनको किरिया गर्न गाउँ फर्कनुपरेको छ।’
गोविन्दको शवको बुधबार साँझ जलाइयो। गोविन्द दिल्लीमा वर्षौंदेखिका बासिन्दा आफ्ना बाबु गामबहादुर सुनारसँगै बस्दै आएका थिए।
सरस्वति बिहारस्थित प्रहरी थानाले समेत यो घटनालाई ‘दुर्घटना’ भनेको छ। नागरिकसँग कुरा गर्दै प्रहरी सब