अर्को बसलाई ‘ओभरटेक’ गर्न खोज्दा बस पल्टियो, १३ जना घाइते

दाङ – दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।  तुलसीपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश-३-०१००६ ख ०९७५ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुलसीपुर-घोराही सडकमा पर्ने तुलसीपुर उपमहागनरपालिका-१८ बिजौरीमा अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो।  घाइते सबैको तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सबै घाइते खतरामुक्त रहेका प्रहरीले जनाएको छ।

 

अन्य समाचारहरु