संवेदनशील अङ्ग चलाएको भन्दै मोरङमा डक्टरविरुद्ध उजुरी

विराटनगर – विराट नर्सिङ होमका चिकित्सक डा‍ सुदीप सिंहमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित एक महिलाले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गरेकी छन्। धरान निवासी ३२ वर्षीया महिलाले सो नर्सिङ होममा कार्यरत् सिंहले उपचारका क्रममा संवेदनशील अङ्गहरु चलाउनुका साथै यौन दुर्व्यवहार गर्न खोजेको उल्लेख गरेकी छन्।

 

कार्वाहीको माग गर्दै पीडितले प्रहरीमा उजुरी गरेपछि नर्सिङ होमले डा सिंहलाई निस्काशन गर्नुको साथै आन्तरिकरुपमा अनुसन्धान सुरु गरेको छ।

विराट नर्सिङ होमका प्रबन्ध निर्देशक डा ज्ञानेन्द्रमानसिंह  कार्कीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अमानवीय व्यवहार गर्ने  चिकित्सकलाई कदापि अवसर नदिइने भन्दै कामबाट हटाएको पुष्टि गरेका छन्।
– रासस

अन्य समाचारहरु