स्थानीयबासिन्दाको प्रतिकारमा झापाको पथरीयामा एक गोरु चोरको मृत्यु

झापा – प्राप्त खबर अनुसार  स्थानीयबासिन्दाको प्रतिकारमा झापाको पथरीयामा गएराती एक जनाको मृत्यु भएको छ ।


थपरीया ५ मा रहेको दिनानाथ अधिकारीको घरमा  गोरु चोर्न गएका ३ जना डाँकाको समूहसँग भएको झडपमा भारतीय मूलको एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


डाँकाको समूहले चलाएको गोली लागेर स्थानीय सोमनाथ खतिवडा घाइते हुनु भएको छ । उहाँको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

अन्य समाचारहरु