अर्घाखाँची समाज जापानको आर्थिक सहयोगमा भुमिकास्थानका आगलागी पिडित ३७ घरपरिवारलाई राहत सामाग्री प्रदान (तस्बिर सहित)

 
-दामोदर खत्री ,सन्धिखर्क ।

सन्धिखर्क ।अर्घाखाँची समाज जापानको आर्थिक सहयोगमा भुमिकास्थान नगरपालिकामा गत चैत्र र वैशाखमा आगलागीबाट घर र गोठ जलेर नष्ट भएका पिडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

May be an image of 11 people and textMay be an image of 7 people and text

नगरपालिका भित्र रहेका धारापानी ,ढाकाबाङ्ग,असुरकोट र ढिकुराका आगलागी पिडितलाई ३७ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।

May be an image of 7 people, tree and text

राहत सामाग्री अन्तर्गत चामल,ब्लाङकेट,चिनी,तेल,साबुन हस्तान्तरण गरिएको हो ।

May be an image of 5 people and text

May be an image of 5 people and text

विदेशमा बसेर पनि आफ्नै जन्मभुमी क्षेत्रमा आगलागीबाट घरगोठ गुमाएका परिवारलाई केहि भएपनि राहत होस भनेर अर्घाखाँचीमा जन्म भै रोजगारीको लागि जापानमा पुगेका अर्घाखाँचीबासीको पहलमा आर्थिक संकलन गरेर राहत प्रदान गरिएको अर्घाखाँची सेवा समाज जापानका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।

May be an image of 9 people and text that says "आ राह 生活 VIEOLLIR"

राहत सामाग्री वडा स्तरको डाटा संकलन गरि प्रदान गरिएको समाजका महासचिव अर्जुन आचार्यले बताउनुभयो । राहात भुमिकास्थान नगरपालिकाको वडा नम्बर ३ र

images

May be an image of 2 people and text

४ धारापानीका २२ ,वडा नम्बर १ ढाकाबाङ्ग १ जना ,वडा नम्बर ५असुरकोटमा ४,वडा नम्बर ७ कमलपोखरी ३,वडा नम्बर ९ ढिकुरा ७ गरि ३७ घरपरिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

images

May be an image of 10 people, temple and text that says "जपान HAPBN HARAN गगलागी गलागी वित व የ apa लागि नुम もみ S 质 Tye B 品质生活 M"

राहत वितरणमा भुमिकास्थान नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल खनाल, ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे,५का वडा अध्यक्ष जयगोपाल श्रेष्ठ,७

images

May be an image of 6 people and text

का वडा अध्यक्ष रामचन्द्र ढ्ङ्गाना र ९ का वडा अध्यक्ष खेमराज चुदाली लगायतका जनप्रतिनिधीको सहभागीता रहेको थियो ।

May be an image of 8 people and text

यस्तै राहत वितरणमा समाजसेवी चुरा बहादुर घम,टेकराज पुनले पनि समन्वय गरी हस्तान्तरण गरिएको हो ।

Nepal life insurance

थप तस्बिर:

May be an image of 4 people and text
May be an image of 4 people and text
May be an image of 5 people and text
May be an image of 11 people and text
May be an image of 5 people and text