नेपाली जनसम्पर्क समिति अबुधाबी क्षेत्रिय समितिमा फेरबदल

-उमाकान्त पाण्डे गाउले

 

आबुधाबी-नेपाली जनसम्पर्क समिति अबुधाबी क्षेत्रिय समितिमा फेरबदल गरिएको छ। समितीका पूर्व सभापति पूर्णचन्द्र डुम्रेको कार्य बेस्तता का कारण समितिका कामहरु गर्न को लागि अलिक अशजिलो भएको भन्दै उहाँको सहमतीमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्यहरुको एक भेलाले अबुधाबी क्षेत्रिय समिति फेरबदल गरेको हो ।

११ जनवरी शुक्रबारका दिन बसेको समितिको निर्णय अनुसार पुर्नरगठन गरिएको भेलामा उपस्थित भएका केन्द्रिय समिति सभापति चित्र बहादुर के सी ले संचारकर्मीलाई जानकारी दिएका छन।


सो पुनर्गठित समितिको दुई सदस्सिय सल्लाहकार समितिमा भानु धमला र एन के भट्टराई लाई मनोनित गरेको छ भने समितीका अन्य पदाधिकारी हरुमा सभापति -कृष्णप्रसाद गौतम,उप -सभापति – बुद्ध भट्टराई,सचिब-किरण पौडेल,सह सचिब – माधव न्यौपाने, कोषाधक्ष्य-नवराज थापा,सदस्य-फुर्वा शेर्पा, तथा अन्य सदस्यहरुमा आइत बहादुर थापा मगर,कृष्ण जी.सी,-राजु अर्याल,नारायन थापा,भगवान देवकोटा,
रहेका छन ।


नवगठित समितिका कामहरु लाई निरन्तर् रुपमा लैजादे जाने तथा आफ्नो आस्थामा कुनै कमी नआउने कुरा पूर्व सभापति पूर्णचन्द्र डुम्रेले प्रतिकृया दिए।


हामीलाई प्राप्त जानकारी अनुसार केन्द्रिय समितिका सभापति चित्र बहादुर के सी को पनी उपस्थिती रहेको र क्षेत्रिय समितिको आग्रह अनुसार नै समितिको पदहरुमा फेरबदल गरिएको थियो।