-शालिक राम आचार्य
अर्घाखाँची टाईम्स यूएई डेस्क-ओमान-मस्कट-११,फ्रेबुअरी-२०११-गरिब नेपालीहरुको हरेक सुख दुख मा हाते मालो गरदै बढेको ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्तरगत ओमान नेपाली एकता समाज घाला एरिया समिति को प्रथम भेला सम्पन्न भएको छ।
उक्त भेला को अध्यक्षता ओमान नेपाली एकता समाज घाला एरिया समिति का अध्यक्ष सोमे तामांग ले गर्नु भयको थियो भने श्रीजनसिल सांस्कृति परिवार का अध्यक्ष सिबलाल गिरि ले संचालन गर्नु भयको थियो।
प्रमुख अतिथिमा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष शोभाकान्त लामीछाने रहनु भएको थियो।उक्त भेलाले पुरानो समिति लाई भंग गरि नवसमितिको गठन गरेको छ।पुरानो समितिका साथीहरु केन्द्रिय समितिमा समाबेश भएकोले उक्तपूर्णगठन गरेको जानकारी अध्यक्ष सोमे तामांग ले दिनु भयो भने एरिया सचीव तुलसी राम जैसी ले प्रगती बिबरण प्रस्तुत गर्नु भयको थियो।कोषाधक्ष्य भीमलाल गिरि ले आर्थिक विवरण प्रुस्तुत गर्नु भएको थियो र सबै प्रस्ताब हरु सबैको सहमित ले पारित गरिएको थियो।
भेलाले पुरानो समिति लाई भंगगरि नव कार्यसमिति गठन गरेको छ।
जसमा ओमान नेपाली एकता समाज घाला एरिया समितिको अध्यक्षमा भानीसोवर जैसी चुनिनु भएको छ,उपाध्यक्ष थम बहादुर परियार,सचिव इन्द्र सारु मगर,सह-सचिव टंक प्रसाद खत्री,कोषाधक्ष्य धन बहादुर गुरुङ,रहनु भएको छ। यसैगरि सदस्यहरुमा दुर्गा गिरि,गुनाखर जैसी,कुल बहादुर परियार,रहनु भएको छ भने एक स्थान रिक्त राखिएको छ।
नव पदाधीकारीहरु ओमन नेपाली एकता समाजका अधक्ष्य शोभाकान्त लामीछाने ले सुभकामना ज्ञापन गर्दै ओमानमा नेपालीहरु को जल्दो- बल्दो समस्याको बारेमा प्रकाश पार्नुभएको थियो।
पुनर्गठित समितीलाई कार्यभार सुम्पदै अध्यक्ष सोमे तामांग ले भेला समापन गर्नु भएको थियो।



