-उमाकान्त पाण्डे गाउले,
अखाँटा-यूएई डेस्क,आबुधाबी फाल्गुन ३ – शुक्रबार – प्रवासी नेपाली युवासंघ यूएईको आबुधाबी क्षेत्रिय समिती गठन गरिएको छ। गत आइतवारका सयुत्त अरब एमिरेट्सको राजधानी शहर आबुधाबी स्थित “मदन पार्क”मा उपस्थित भएका प्रवाशी नेपाली युवाहरुको एक भेलाले ४ सदस्य पछि थप गरिने गरी केशब न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय आबुधाबी क्षेत्रिय समिती गठन गरेको हो।
नव गठित समितीको उपाध्यक्ष द्धयमा जोगलाल धिमाल, सुर्य राई,सचीवमा दावा शेर्पा, सह-सचीवमा भगवान खड्का,कोषाध्यक्षमा राजेन्द्र थापा रहेका छन भने सदस्यहरुमा क्रमश:ढोलक घिमिरे,लाल बहादुर तमाङ, खेम बहादुर गरुङ,ललित प्रधान,गंगा न्यौपाने,टिकाराम थापा,नारायण चापागाईं,बिजय थापा,निमा लामा,राज तामाङ,महेन्द्र श्रेष्ठ,राम बहादुर भुजेल,अशोक पुरी,धन प्रसाद श्रेष्ठ रहेको तथा समितिको सल्लाहकारहरुमा गोपाल पलामी तथा हरिशरण के.सी. रहेको जनाइएको छ।
प्रवासी नेपाली युवासंघको आबुधाबी क्षेत्रिय समिती गठनका लागि बसेको सो भेला संघका केन्द्रिय उपाध्यक्ष रवी भुजेलले शभापतित्व,प्रवाशी नेपाली संघ यर्एइका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटा



