प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसंपर्क समिती यूएई द्वारा शुभकामना जारी गरिएको-प्रेस बिज्ञप्ती
६१ औं प्रजातन्त्र दिवस आज फागुन साथ गते हामी सम्पुर्ण नेपाली एक आपसमा भाई चराको सम्बन्धका लागि बिशेष रुपमा मनाउदै छौ। १०४ बर्षे निरङकुश जहानीया राणा शासनको अन्त्य भई बि स २००७ साल फागुन ७ गते अर्थात आजकै दिन देशमा प्रजातन्त्रको उदय भएको हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ बर्षे जाहानियाँ राणा शासनको अन्त्य भएको र तत्कालिन राजा त्रिभुवनबाट प्रजातान्त्रिक ब्यवस्था सुरु भएको ऐतिहासिक घोषणाको स्मृतिलाई जिवन्त राख्न प्रत्येक बर्ष फागुन ७ गतेको दिनलाई प्रजातन्त्र दिवसको रुपमा मनाईँदै आएको छ।
जनआन्दोलन २ पछि बनेको सरकारले ११ बैशाखको दिनमा लोकतन्त्र दिबस मनाउन थाले पछि फागुन ७ को राष्ट्रिय प्रजातन्त्र दिबस केहि ओझेलमा परेको महशुस गरिन्छ। प्रजातन्त्र लाई नेपालमा भित्राउने एक मात्र पार्टी नेपाली कांग्रेस को भात्री संगठन हामी नेपाली जनसम्पर्क समिति यूएई को तर्फ बाट ज्ञात अज्ञात शहिदप्रति श्रृद्धााजली अपर्ण गर्दछौ तथा यही प्रजातन्त्र दिबस को उपलक्ष्यमा यूएईको सम्पुर्ण क्षेत्रमा रहनु हुने जनसम्पर्क समितिका सदस्यहरु तथा नेपाली दाजु भाई दिदिबहिनी हरुमा हाम्रो तर्फ बाट सुभकामना ब्यत्त गर्दछौ। आजको ०२१ औ शताब्दीमा प्रजातन्त्रको उत्तिकै महत्व भएकाले पनि प्रजातन्त्रको रक्षार्थ नेपाली काग्रेश र यस् निकट हामी जनसंपर्क समिती देशमा हुने जस्तो सुकै परिवर्तनका लागि सदैव एक भएर लाग्ने प्रण गर्दछौ।
चित्र बहादुर के.सी.
सभापति-
एवम
नेपाली जनसम्पर्क समिति यूएई परिवार



