उमाकान्त पाण्डे गाउले र उत्तम अधिकारी
गत मंगलवार संयुक्त अरब इमिरेट्सको अलऐन शहरमा उपस्थित प्रवासी नेपाली युवाहरुको एक बिशाल भेलाले अलऐन क्षेत्रिय समितीको गठन गरेको छ।भेलाले देब कुमार श्रेष्ठको अध्यक्षतामा ३३ सदस्यीय प्रवासी नेपाली युवा संघ अलएैन क्षेत्रिय समितीको गठन गरेको छ।
सो गठित पदाधिकारीहरुमामा उपाध्यक्षद्धय आशाराम दहित तथा प्रमोद देउजा,सचीव धर्मराज सुवेदी,सह सचीव खगेन्द्र तामाङ,कोषाध्यक्ष कृष्णमान श्रेष्ठ रहेका छन भने अन्य सदस्यहरुमा क्रमश:मणि लामा,ध्रुब भुजेल,शंकर राना मगर,राम थापा,दिन बहादुर घर्ती मगर, छिरिङ्ग शेर्पा,रामकाजी भण्डारी,हर्क श्रेष्ठ,शेर कुमार श्रेष्ठ,दिपक अधिकारी,मनोज तामाङ,गंगा न्यौपाने, गंगा गुरुङ,सागर लामा,भिम बहादुर तामाङ,ओमकार घर्तीमगर,यादब पौडेल,दिलमान तामाङ, कुल बहादुर थापा मगर,नमराज थापा मगर,सुरेश ठकुरी,बिष्णु अधिकारी,मेाहनमान श्रेष्ठ,घनश्याम पाण्डे,राजु तामाङ,प्रविण काजि श्रेष्ठ,राम बहादुर माल रहेका छन।
ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौन धारण गर्दै शुरु भएको उक्त कार्यक्रममा प्रवाशी नेपाली युवा संघका केन्द्रिय उपाध्यक्ष रबी भुजेलले आफ्नो मन्तब्यका क्रममा प्रवासी युवाहरु युवा संघमा आबद्ध हुदै निरन्तर अघि बढ्नु पर्ने र हामी युवा नेपालीहरुले आफ्नो देशको बारेमा सदैव सचेत रहनु पर्ने कुरा बताएका थिए । प्रवासी नेपाली युवाहरुको काधमा देशको महत्वपुर्ण जिम्मेवारी आएको र सदैव युवाहरुले असल बाटो बाट अघि बढ्नु पर्ने र मुलकको जिम्मेवारी बहन गर्नु पर्ने कुरा तर्फ जोड दिदै कार्यक्रमका अतिथि प्रवाशी नेपाली संघ यूएईका केन्द्रिय संवाद सचीव श्याम पाठकले नव गठित क्षेत्रिय समितीलाइ शुभकामना दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ यूएईका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटाले प्रवासी नेपाली युवा संघ गठन गर्नु पर्नाका कारणहरु तथा युवाहरुले तय गर्नु पर्ने बाटाहरुको बारेमा प्रशिक्षण दिदै युवा संघ नेपाल र प्रवासी नेपाली युवा संघ यूएईको सम्बन्धको बारेमा प्रकाश पारेका थिए ।
प्रवासी नेपाली युवा संघ यूएईका केन्द्रिय अध्यक्ष महेश गिरीको अध्यक्षता तथा केन्द्रिय सचीव बुद्धि प्रसाद सुवेदिको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली संघ यूएईका केन्द्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख लक्ष्मण सापकोटा ‘विकल्प’को प्रमुख आतिथ्यता,संघकै केन्द्रिय संवाद सचीव श्याम पाठक अतिथि रहेका थिए भने प्रवासी नेपाली युवा संघका यूएईका केन्द्रिय उपाध्यक्ष रबि भुजेल तथा केन्द्रिय सदस्य बिकास थापा लगायत उपस्थित थिए।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति प्रवासी नेपाली युवा संघका केन्द्रिय अध्यक्ष महेश गिरीले नव निर्वाचित कमिटिलाइ बधाइ दिदै प्रवासी युवाहरु प्रवासी नेपाली युवा संघ यूएईमा आवद्ध बन्दै मुलुक निर्माणको बाहक शक्ति बन्नु पर्ने र सम्पुर्ण युवाहरु कुलत र दुर्व्यसनी बाट जोगिनु पर्ने कुराहरुमा जोड दिदै कार्यक्रमको समापन गरेका थिए।
समरण रहोस केही महिना अघी स्थापित प्रवासी नेपाली युवासंघ यूएईले आफ्नो स्थापना पस्चात संघका गतिबिधी एवम क्षेत्रिय समिती गठन कार्य लाई तिब्रता दिईरहेको छ।



