लिबियामा जारी सरकारविरोधी प्रदर्शनले अलपत्र नेपालीलाई उद्धार गरी इजिप्ट ल्याउने तयारी



 

प्राप्त समाचार अनुसार लिबियामा जारी सरकारविरोधी प्रदर्शनले अलपत्र नेपालीलाई बिहीबारसम्म उद्धार गरी इजिप्ट ल्याउने तयारी भएको छ। लिबिया हेर्दै आएको इजिप्टस्थित नेपाल दूतावासका प्रथम सचिब तीर्थ अर्यालका अनुसार त्यहाँ कार्यरत ६ सय नेपाललाई ढिलोमा बिहीबारसम्म इजिप्टको राजधानी कायरो ल्याइनेछ। ‘योजनाअनुसार सबै काम भए ढिलोमा बिहीबारसम्म नेपालीलाई कायरो आइपुग्नेछन्,’ उनले भने।

 


Photo8

 

समाचार अनुसार लिबियामा ४२ वर्षदेखि एकछत्र शासन गर्दै आएका कर्णेल मुआमार गद्दाफीविरुद्ध जनता सातायता निरन्तर स्वस्फूर्त प्रदर्शनमा छन्। प्रदर्शनकारीले दक्षिण कोरियाली निर्माण कम्पनीमा कार्यरत नेपालीसहित करिब दुई हजार कामदार बस्दै आएको दर्नास्थित भवन आगजनी गरेपछि उनीहरू अलपत्र छन्। ‘आगजनीलगत्तैका दुई दिन हामीले एउटा स्कुलमा शरण लियौं,’ खोटाङ बुइपाघर भई हाल लिबियामा कार्यरत दुवरचन्द्र राईले भने, ‘अहिले एउटा पार्टी प्यालेसमा शरण लिइरहेका छांै।’ अलपत्र कामदारलाई लिबियाली संस्थाहरूले खाना उपलब्ध गराइरहेको उनले जानकारी दिए। पहिलो प्रदर्शन भएको दर्नामा नेपालीका अतिरिक्त बंगलादेशी, थाई, भियनातनामी र फिलिपिनो कामदार कार्यरत छन्।

 



Yemen president vows not to quit amid protests

छिमेकी ट्युनिसिया र इजिप्टमा सरकारविरोधी प्रदर्शन सफल भएपछि लिबियाली प्रदर्शन झन् चर्केको छ। राजधानी त्रिपोली सरकार नियन्त्रणमा रहे पनि लिबियाका पूर्वी क्षेत्रका अधिकांश सहर प्रदर्शनकारीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म करिब ३ सय प्रदर्शनकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


दक्षिण कोरियाको विदेश मन्त्रालयले दर्ना घटनाप्रति चासो व्यक्त गरेको छ। गद्दाफी शासनबाट असन्तुष्ट समूहले कोरियाली निर्माण कम्पनीमा आगजनी गरेको मन्त्रालयले जनाएको छ। घरबारविहीनका लागि घर बनाउने लिबियाली सरकारको निर्माण परियोजनामा दक्षिण कोरियाली ठेकेदारमार्फत नेपालीहरू काम गर्दै आएका थिए।


अघिल्लो महिना उनीहरूले नेपालीसहितका कामदारलाई उनीहरूको स्थानबाट बाहिर निस्कन नदिएर बन्धक बनाएका थिए।

 


अर्यालले नेपाली कामदार उद्धारबारे कोरियाली कम्पनीसँग कुराकानी भएको जानकारी दिएका छन्। राईले खानाको समस्या नभए पनि भुईंमै सुत्नुपर्दा चिसोले धेरैजसो बिरामी परेको बताए।


अर्यालका अनुसार नेपालीलाई इजिप्ट ल्याउनका लागि त्यहाँको सरकारसँग अनुमति लिने प्रयास भइरहेको छ। उनका अनुसार दूतावासले नेपालीलाई सडक बाटो भएर कायरो ल्याउने योजना बनाएको छ।


लिबियामा २ हजार नेपाली कामदार रहेका मध्ये प्राय राजधानी त्रिपोलीमा छन्। पेट्रोलियम पदार्थ उत्पादनमा धनी लिबियामा निर्माणसम्बन्धी काममा भने प्राय दक्षिण एसियाली मजदुर छन्।


यसैबीच, लिबियाली शासक गद्दाफीले मंगलबार टेलिभिजन सम्बोधनमा ‘संघर्ष जारी राख्ने, सहिद हुनुपरे पनि नछाड्ने’ जनाएका छन्। ‘लड्दालड्दै मर्छु तर सत्ता छाड्दिनँ,’ उनले भनेका छन्। गद्दाफीले आफ्ना समर्थकलाई प्रतिरोधी प्रदर्शन गर्न आह्वानसमेत गरेका छन्। यसले लिबियामा थप हिंसा चर्कने आँकलन गरिएको छ।