लिवियाको विभिन्न ठाउमा कार्यरत सयौं नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र


 

– प्राप्त समाचार  अनुसार  लिवियाको विभिन्न ठाउमा कार्यरत सयौं नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र परेका छन् । लिवियामा  सरकार बिरुद्धको प्रदर्शन उग्रहुँदै गएपछि घर फर्कन लागेका करिव ६ सय नेपाली कामदारहरु अलपत्र परेका हुन् ।

 

लिवियामा कार्यरत कञ्चनपुरको त्रिभुवनवस्ती गाविस – ५ का रुद्र प्रसाद घिमिरेले बिहीबार बिहान महेन्द्र्नगरमा आफ्ना भाइ युवराज घिमिरेलाइ टेलिफोन गरि आफुहरु अलपत्र परेको जानकारी गराएका हुन् । लिवियाको अध्यागमन कार्यालयमा बितेको १० घण्टा देखि कुनै कर्मचारी उपस्थित नभएका कारण उनीहरु लिविया छोड्न नसकी अध्यागमन कार्यालय आसपास मै कार्यालय खुल्ने प्रतिक्षामा रहेको घिमिरे जानकारी दिए ।

 

Libyan forces fight Benghazi protesters, 100 ...

 

करिव ६ सय नेपाली कामदारहरु अध्यागमन कार्यालय खुलेपछि सिमापारीको इजिप्ट हुदै नेपाल फर्कने प्रतिक्षामा रहेको रुद्रले टेलिफोनमा जानकारी दिएको उनका भाइ युवराजले बताए । ६ सय नेपाली कामदार मध्ये २० जनाको समुह सम्पर्क विहीन अवस्थामा रहेको समेत उनले बताए । 

 

उनीहरु सिमापारी इजिप्ट पुगेको आशंका गरिएको छ । नेपाली कामदारहरु घर फर्कन लाग्दा आफुसंग भएको रकमबाट डलर सटही गर्दा अत्यन्त कम मुल्यमा सटही गर्नु परेका कारण ठूलो मर्कामा परेको समेत गुनासो गरेका छन् ।

 

Countries rush to evacuate citizens from Libya

केही दिनयता लिवियामा भइरहेको सरकार बिरुद्धको आन्दोलन चर्किए पछि त्यहाँ कार्यरत बिदेशी नागरिकहरु असुरक्षित भइ धमाधम घर फर्कन थालेका छन् । अन्य देशका सरकारले भने आफ्ना नागरिकहरुलाई सुरक्षित रुपमा घर फर्काउन बिभिन्न उपाय गर्दै आए पनि नेपाली कामदारहरु बारे भने सरकारले खासै चासो नदिएका कारण उनीहरु विचल्लीमा परेको रुद्रले टेलिफोनबाट आफ्ना भाइलाई जानकारी गराएका हुन् ।