दिपक बस्याल – न्यू मेक्सिको
अर्घाखाँची टाईम्स यूएई डेस्क) -नेपलिज् स्टुडेन्ट एसोसिएसन, न्यु मेक्सिको स्टेट युनिभर्सिटी (नेसा-एनएमएस यु)ले यहि आउदो मार्च १९, शनिबारका दिन Nepalese Diaspora: Hostland Challenge and Homeland Interests भन्ने बिषयबस्तुमा केद्रित एक दिने सिम्पोजियम गर्ने भएको छ| न्यु मेक्सिको स्टेट युनिभर्सिटी मा अध्यनरत बिद्यार्थी हरुको यो सस्थाले बर्षेनी यस्ता किसिमका शैक्षिक गतिबिधि हरु गर्ने गरेको छ|
२००९ र २०१० मा गरिएका दुइ ओटा सफल सिम्पोजियम पछि नेसा~ एन एम एस यु ले गर्न लागेको यो तेस्रो सिम्पोजियम हो| विभिन्न बिषयमा बिध्याबारिधि गरिरहेका बिद्यार्थीहरुले आफ्ना अनुसन्धानले जन्मभूमि नेपाल लाइ प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा कस्तो योगदान दिन सक्छ भन्ने बिषयलाई उजागर गर्नु नै यस सिम्पोजियम को प्रमुख उदेश्य रहेको कुरा नेसा-एन एम एस यु — एकेडेमिक कमिटिका को-अर्डिनेटर सुरेश गौतम बताउछन| कार्यक्रम मा भाग लिन को लागि आवश्यक पर्ने तयारी तथा अन्य सान्दर्भिक सूचनाहरु शंस्थाको आधिकारिक वेबसाइट http://web.nmsu.edu/~nesa/symposium_call.html मा राखिएको छ|



